काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रेशम चौधरीलाई कसरी रिहाइ गर्ने भन्ने विषयमा आफूहरु लागि पर्ने बताएका छन् ।
बिहीबार संसदमा भएको प्रश्नोत्तरमा नागरिक उन्मुक्ति पार्टीका सांसद गांगाराम चौधरीले गरेको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् ।
चौधरीले पहिचानसहितको मागसहित गरिएको आन्दोलनमा सर्वोच्च अदालतबाट गरिएको फैसला न्यायपूर्ण भयो र ! टीकापुर घटना किन राजनीतिक घटना भएन भन्दै प्रश्न गरेका थिए ।
सो प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘विगतमा आफूहरुले विगतमा अध्यादेश ल्याएर रेशमलाई छुटाउन प्रयास गरेकै हो । अहिले अदालतबाट टुंगिए पनि यसलाई टुंग्याउन लागि पर्छौ ।’