काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचारविरुद्ध सभाको आयोजना गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंको वसन्तपुरमा जारी विरोधसभा आयोजना गरेको हो । सो सभालाई अध्यक्ष राजेन्द्र लिङदेनसहित विभिन्न नेताले सम्बोधन गर्नेछन् ।
सबै भ्रष्टाचारका घटनामाथि छानबिन गरी दोषीउपर कानुन कारबाहीको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको राप्रपाले सडकबाट पनि दबाब सृजना गरेको हो ।
राप्रपाको केन्द्रीय कमिटीले भ्रष्टाचारलगायत ठूला भ्रष्टाचारका काण्ड छालबिन गर्न माग गर्ने निर्णय गरेको छ । यस्तै, सो बैठकले आज वसन्तपुरमा भ्रष्टाचारविरुद्ध सभा गर्ने निर्णयसमेत गरेको थियो । सोहीबमोजिम आज सो सभा आयोजना गरिएको हो ।