काठमाडौं । काठमाडौं महानगरपालिकाले एक करदाताले तिरेको बढी कर फिर्ता तिरेको छ । महानगरले बिहीबार एक करदाताले तिरेकाे १९ हजार रकम फिर्ता गरेको हो ।
महानगरको वडा नम्बर १० का सुरेन्द्र शाहलाई उक्त रकम फिर्ता गर्न लागिएको महानगरको राजश्व विभागका सहायक निर्देशक रामजी श्रेष्ठले जानकारी दिए।
महानगरलाई २ हजार १५८ रुपैयाँ ५८ पैसा सम्पत्ति कर बुझाउनुपर्नेमा शाहले २१ हजार ५८९ रूपैयाँ बुझाएकाले १९ हजार ४३० रुपैयाँ फिर्ता गर्न लागिएको उनले बताए।
यस्तै महानगरले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दासमेत दायर गर्ने भएको छ।
महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले नगरकार्यपालिका बैठकमा संघीय सरकारविरुद्ध मुद्दा दायर गर्न लागेको जानकारी बैठकमा गराएका थिए।