काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र एफसी र फ्रेण्ड्स क्लबले २-२ को बराबरी खेलेका छन् ।
बिहीबार (आज) दशरथ रंगशालामा भएको खेलमा आफिज ओलावालेले दुई गोल गरेपछि मछिन्द्रले दुई पटक पछि परेको अवस्थामा पुनरागमन गर्दै बराबरी गरेको हो ।
खेलमा प्रकाश बुढाथोकीले ६८औं मिनेटमा गोल गर्दै फ्रेण्ड्सलाई पहिले अग्रता दिलाएका थिए । तर ७१औं मिनेटमा ओलावालेले मछिन्द्रका लागि बराबरी गोल गरे । चारै गोल खेलको दोस्रो हाफमा भएको थियो । यस्तै ७९औं मिनेटमा रफिक अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई फेरि अग्रता दिलाए पनि कायम राख्न सकेन ।