काठमाडौं । नेकपा (एमाले)का योगेश भट्टराईले संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको प्रश्नोत्तर कर्मकाण्डी भएको बताएका छन् ।
बिहीबार प्रधानमन्त्रीसँग प्रश्नोत्तरपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । साथै, आजको प्रश्नोत्तर जीवन्त नभएको उनको भनाइ छ ।
उनले भने, ‘ प्रश्नोत्तर भनेको लाइभ हुनुपर्छ । मान्यहरुले त्यही सोध्ने र प्रधानमन्त्रीले त्यही उत्तर दिने गर्नुपर्छ । त्यसो गरेमात्र आकर्षक हुन्छ । नत्र भने त्यो कर्मकाण्डी मात्रै भयो । प्रधानमन्त्रीले कर्मकाण्डी प्रक्रिया मात्र पुर्याइएको छ ।’
नेकपा एमाले प्रतिपक्षीका लागि तयारी भइसकेको बताउँदै उनले प्रतिपक्षी भूमिकाका लागि तयारी भइसकेको बताए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सहयोगका लागि नेकपा एमालेले नेपाल प्रहरीलाई सहयोग पुग्ने गरी केन्द्रीय कमिटीबाट निर्णय गरेको बताउँदै उनले अन्य दलले यस विषयमा कुनै विज्ञप्तिसमेत ननिकालेको उनको भनाइ छ ।