प्रधानमन्त्रीले गरेको निर्णय लत्याउँदै स्वास्थ्यमन्त्रीले गरे मनलाग्दी-Sutra News

प्रधानमन्त्रीले गरेको निर्णय लत्याउँदै स्वास्थ्यमन्त्रीले गरे मनलाग्दी

शुक्रबार, ५ जेष्ठ २०८०

शुक्रबार, ५ जेष्ठ २०८०

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्रीस्तरबाट भएको निर्णय बदर गर्दै नियमविपरीत नियुक्ति गरेको पाइएको छ । मन्त्री बस्नेतले यही जेठ ३ गते मन्त्रीस्तरीय निर्णय गर्दै डडेलधुरा अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझालाई नियुक्त गरेका हुन् ।



गत वैशाख १७ गते प्रधानमन्त्रीको निर्णयबाट लक्ष्मण सिँहलाई डडेल्धुरा अस्पताल डडेल्धुराको अध्यक्षमा मनोनीत गरेको भन्दै सुरुमा मन्त्रालयबाट पत्र आएको थियो।

उक्त पत्रअनुसार सिँहलाई वैशाख २३ गतेबाट लागू हुनेगरी अध्यक्षमा मनोनीत गरिएको थियो। उनीसँगै तेज साउदलाई अस्पताल विकास समितिको सदस्यमा मनोनीत गरिएको थियो।

उक्त पत्र अस्पताल पुगेपछि सिँहले जेठ ३ गते मात्रै पदभार ग्रहण गरेका थिए। उनलाई अस्पताल कर्मचारी तथा जिल्लावासीले भव्य स्वागत समेत गरेका थिए।

सोही पदभार ग्रहण कार्यक्रममा बोल्दै सिँहले अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक तथा आवश्यक उपकरण ल्याउने प्रतिबद्धता जाहेर गरेका थिए। तर, आफ्नो तेस्रो कार्यकालका लागि उक्त बाचा गरेका लक्ष्मण सिँहको पद पदभार ग्रहण गरेको केही घण्टामै गएको छ।

सोही दिन साँझ नै स्वास्थ्य मन्त्रालयबाट उनको पद बदर गरिएको भन्दै अर्को पत्र अस्पताल पुगेको छ। त्यति मात्रै हैन उनको ठाउँमा अस्पतालका निवर्तमान अध्यक्ष करुणाकर ओझालाई स्थानान्तरण गरिएको पत्रमा उल्लेख छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरको निर्णयले अध्यक्षमा उनीसहित सदस्यमा देवकी भट्ट र जनक मल्ललाई मनोनीत गरेको भनेर पत्र पुगेको थियो। एक साता अगाडि मात्रै अस्पतालको अध्यक्षमा नियुक्त भएका लक्ष्मणबहादुर सिँहको मनोनयन बदर गरिएको पत्र पनि अस्पताललाई प्राप्त भइसकेको छ।

karunakar ojha patra11684469409.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट