देशको ठूलो सिनेमा हल चेन क्यूएफएक्सले पछिल्लो १० दिनदेखि वक्सअफिस रिपोर्ट नपठाएको खुलेको छ।
चलचित्र विकास बोर्ड, वक्सअफिस विभागले मे ९ तारिख अर्थात वैशाख २६ गतेदेखिको रिपोर्ट नपठाएको हो।
बोर्ड श्रोतले क्यूएफएक्स आफ्नो सिस्टम अपडेट गर्नुपरेकाले रिपोर्ट नपठाएको जानकारी आफूहरुलाई आएको बतायो।
क्यूएफएक्सका व्यापार विश्लेषक सुरेन्द्र महर्जनले आफ्नो कम्पनीले नयाँ सिस्टाम जडान गरेको र सो सिस्टमको वक्सअफिससँग जोडिएको एपीआईमा प्राविधिक समस्या आएकाले वक्सअफिस रिपोर्ट ओडेट हुननसकेको बताए।
‘दुई-तीन दिनमा यो समाधान हुन्छ, हामी निरन्तर बोर्डसँग सम्पर्क र समन्वयमा छौ’, महर्जनले भने।
प्राविधिक गडबडी आएपछि वक्सअफिस रिपोर्ट नलिइकन बसेको बोर्डमा यस्तो समस्या आए के गर्ने भन्ने विकल्प पनि छैन्।
बोर्डसँग यस अवस्थामा विकल्प छैन। वक्सअफिस कार्यविधि यस बारेमा मौन छ । यस अवस्तामा निर्माताहरु पूर्णतया आफ्ना वितरकको भर पर्नुपर्ने हुन्छ, जसको पारदर्शितामाथि सँधै प्रश्न उठ्ने गरेको छ।