गुगलका सिइयो पिचाईले बेचे बाल्यकाल बिताएको चेन्नईको घर-Sutra News

गुगलका सिइयो पिचाईले बेचे बाल्यकाल बिताएको चेन्नईको घर

शनिबार, ६ जेष्ठ २०८०

शनिबार, ६ जेष्ठ २०८०

भारत । गुगलका सीईओ सुन्दर पिचाईले आफ्नो बाल्यकाल बिताएको भारतस्थित चेन्नईको घर बिक्री गरेका छन् ।



पिचाईका बाबुआमाले पुरानो घर जग्गा तमिल अभिनेता तथा निर्माता सी मणिकन्दनलाई बेचेका हुन् । पिचाईले आईआईटी खड़गपुरमा भर्ना हुनुअघि यहाँ शिक्षा प्राप्त गरेका थिए । सुन्दर २० वर्षको उमेरसम्म यही घरमा बस्थे । उनी अहिले अमेरिकामा बस्छन् ।

यो घर कति पैसामा बेचियो, यसको जानकारी भने खुलाइएको छैन । पिचाई अन्तिम पटक सन् २०२१ को अक्टोबरमा चेन्नई आएका थिए । हवाई अड्डा जाने बाटोमा उनी बाल्यकालका सम्झना ताजा गर्न वाणी स्कुलसमेत पुगेका थिए ।

अहिले हरियो रंगको जालीदार कपडाले छोपेर सो घर भत्काउने कार्य सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट