यस्तो छ प्रधानमन्त्री दाहालको भारत भ्रमण तालिका-Sutra News

यस्तो छ प्रधानमन्त्री दाहालको भारत भ्रमण तालिका

शनिबार, ६ जेष्ठ २०८०

शनिबार, ६ जेष्ठ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको टुङ्गो लागेको छ । प्रधानमन्त्री दाहाल यही जेठ १७ देखि २० सम्म भारत भ्रमणमा जाने तय भएको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जनाएको छ ।



प्रधानमन्त्री दाहालले पाँच महिनाअघि प्रधानमन्त्रीमा नियुक्त भएसँगै आफैले पहिलो भ्रमण भारतबाट सुरु गर्ने बताएका थिए । तर, प्रधानमन्त्री नियुक्त भएको लामो समयसम्म पनि उनले भारतबाट भ्रमणको लागि ग्रिन सिग्नल पाएका थिएनन् ।

दाहालले जुन १ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रोपदी मुर्मुसँग भेटवार्ता गर्ने तय भएको छ । त्यसका साथै उनले दिल्ली पुगेकै दिन भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल र परराष्ट्रमन्त्री एस.जयशंकरसँग समेत
भेटवार्ता गर्ने तय भएको छ ।

भारत भ्रमणका क्रममा जलविद्युत्, ऊर्जा व्यापार, अन्तर देशीय प्रसारण लाइन, रेल्वे, क्रस बोर्डर डिजिटल भुक्तानी प्रणाली, हवाई मार्ग, सीमा सुरक्षा र वाणिज्य र पर्यटनका विषयमा सम्झौता गर्ने सरकारको तयारी छ । प्रधानमन्त्री दाहालले शनिबार आफ्नो आसन्न भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री दाहाल भारत भ्रमण लगत्तै चीन भ्रमणमा जाने तयारीमा छन् । बेइजिङस्थित नेपाली दूतावासले त्यसको तयारी सुरु गरिसकेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट