जहाजमा मुसा देखिएपछि उडान स्थगित गरेर चेकजाँच-Sutra News

जहाजमा मुसा देखिएपछि उडान स्थगित गरेर चेकजाँच

शनिबार, ६ जेष्ठ २०८०

शनिबार, ६ जेष्ठ २०८०

जनकपुर । जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ ।



उक्त जहाज काठमाडौं उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर इन्जिनियरहरूले प्राविधिक मर्मत गरेका छन् । साथै जहाजको प्राविधिक चेकजाँच गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उक्त जहाज काठमाडौंबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ यात्रु रहेका थिए । प्रवक्ता निरौलाका अनुसार जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौंबाट इन्जिनियरको टोलीले जनकपुर गएर जहाजको परीक्षण गरेका हुन् ।

सो जहाजका यात्रुलाई अर्को जहाजमार्फत काठमाडौं ल्याइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट