नक्कली शरणार्थीसँगै अरू फाइल पनि खोलिनेछ : प्रधानमन्त्री-Sutra News

नक्कली शरणार्थीसँगै अरू फाइल पनि खोलिनेछ : प्रधानमन्त्री

शनिबार, ६ जेष्ठ २०८०

शनिबार, ६ जेष्ठ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नक्कली भुटानी शरणार्थीसँगै अरू भ्रष्टाचारका फाइल पनि खोलिँदै लैजाने बताएका छन् ।



अखिल नेपाल ट्रेड युनियन महासंघका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनको निम्ति नक्कली भुटानी शरणार्थी मात्रै नभई भ्रष्टाचारका सबै फाइलहरू खोलिने दाबी गरेका हुन् ।

सरकारले दबाव र घेराबन्दीका बाबजुद सुशासनको पक्षमा काम गरिरहेको बताउँदै प्रधानमन्त्री दाहालले जनताको भरोसा र विश्वास रहेसम्म जस्तोसुकै घेराबन्दी र दबाव झेलेर पनि सुशासनको पक्षमा सरकार अघि बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट