सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, को-को मन्त्री भए ?-Sutra News

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, को-को मन्त्री भए ?

शनिबार, ६ जेष्ठ २०८०

शनिबार, ६ जेष्ठ २०८०

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।



नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । त्यस्तै माओवादी केन्द्रका झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । मन्त्री गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनेकी छन् ।

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । २०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट