युक्रेनका राष्ट्रपति जापानमा-Sutra News

युक्रेनका राष्ट्रपति जापानमा

शनिबार, ६ जेष्ठ २०८०

शनिबार, ६ जेष्ठ २०८०

रुस र युक्रेनको युद्ध जारी रहेकै बेला युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की जापान पुगेका छन् ।



जापानमा जारी जि-७ को सम्मेलनमा भाग लिनका लागि शनिबार दिउँसो जापान अवतरण गरेको समाचार संस्था एएफपीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

विश्वका धनी लोकतन्त्रहरूबाट समर्थन जुटाउन र रुससँग लामो सम्बन्ध भएका ‘जि-७’ नेताहरूका माझ आफ्नो कुरा राख्ने दुर्लभ मौका उनले पाउने भएका छन् । जि-७ मा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट