सरकारको नीति तथा कार्यक्रमको विरोध गर्न ओलीको निर्देशन-Sutra News

सरकारको नीति तथा कार्यक्रमको विरोध गर्न ओलीको निर्देशन

शनिबार, ६ जेष्ठ २०८०

शनिबार, ६ जेष्ठ २०८०

काठमाडौं । नेकपा एमालेकाका सांसदहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको निर्देशन दिएका छन् ।



सरकारले शुक्रबार संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम गन्तव्यहीन भएकाले समर्थन गर्न नसकिने बताएका हुन् ।

उनले आफ्ना पार्टीका सांसदहरूलाई भने, ’यो समर्थन योग्य छैन, विरोध योग्य छ । यस्तो फाल्तु कुरा नीति तथा कार्यक्रमको रूपमा प्रस्तुत हुन दुःखको कुरा हो । त्यसैले यसलाई पास गर्न हुँदैन । विरोध गर्नुपर्छ। हाम्रो मुख्य पोजिसन त्यही हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट