धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर प्रशन्ना शाह मृत्यु प्रकरणमा जोडिएको आरोपमा प्रहरीले थप एक व्यक्तिलाई पक्राउ गरेको छ ।
मायामेट्रोमै कार्यरत डाक्टर सन्दीप भट्टराईलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो । डाक्टर शाह बिहीबार घरमै मृत फेला परेपछि परिवारले भट्टराई र धनगढीकै विकल केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दिएका थिए । केसी पहिले नै प्रहरीको सम्पर्कमा पुगे पनि भट्टराईलाई प्रहरीले पक्राउ गरेको थिएन ।
मृतक शाहका परिवारले दुवै जनालाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग राखेका थिए । भट्टराई आज साँझ साढे चार बजे प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।