काठमाडौं । दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग(आइपिएल)को शीर्ष चारमा रहँदै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नईले ७७ रनको सानदार जित दर्ता गरेको हो । चेन्नईले दिएको २२४ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन मात्र बनायो ।
चेन्नईका लागि दीपक चहरले ३ तथा मथिशा पथिराना र महेश थिक्शनाले समान २/२ विकेट लिए । तुषार देशपान्डे र रवीन्द्र जडेजाले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२३ रन बनाएको थियो ।
जितसँगै १४ खेलमा ८ जित र ५ हारका साथ चेन्नई दोस्रो स्थानमा कायम रहँदै प्लेअफमा स्थान बनाएको छ । शीर्ष चारमा रहँदै प्लेअफमा स्थान बनाउने चेन्नई दोस्रो टोली हो ।