सेनिटरी प्याडभित्र लुकाएर ब्राउनसुगर ओसारपसार-Sutra News

सेनिटरी प्याडभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

शनिबार, ६ जेष्ठ २०८०

शनिबार, ६ जेष्ठ २०८०
काठमाडौं । नेपाल प्रहरीले भद्रपुर विमानस्थलबाट एक महिलालाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
शनिबार बिहान ११ बजे भद्रपुर नगरपालिका–९ मा रहेको विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले चेकजाँचका क्रममा महिलालाई १५ ग्राम ६६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई हाल काठमाडौंको नारायणथान डेरा गरी बस्ने  २६ वर्षीया एन्जल राई रहेकी छन् ।
काठमाडौं आउन लागेकी उनलाई चेकजाँचका क्रममा उनले लगाएको भित्र वस्त्रमा प्याडको बीच भागमा प्लास्टिकको पोको पारेको अवस्थामा ब्राउन सुगर बरामद भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट