वीररगञ्जमा बौलाहा कुकुरको टोकाइबाट २० जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो १ बजेतिर बौलाहा कुकुरले वीरगञ्जका विभिन्न स्थानमा मानिसहरूलाई टोकेको प्रहरीले जनाएको छ । शनिबार साँझसम्म नारायणी अस्पतालमा २० जनाभन्दा बढी मानिस उपचारका लागि आएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विदुर शिवाकोटीले बताए ।
कुकुरले टोकेर घाइते बनाएका २० जना मध्ये प्रायः सबै बालबालिका रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्