रङ्गशालामा भागदौड हुँदा १२ जनाको मृत्यु-Sutra News

रङ्गशालामा भागदौड हुँदा १२ जनाको मृत्यु

आइतबार, ७ जेष्ठ २०८०

आइतबार, ७ जेष्ठ २०८०

मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर नौ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।



समर्थकहरू रङ्गशालामा प्रवेश गरेपछि भएको भागदौडमा उक्त हताहति भएको प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रहरीका अनुसार कुस्काटलाना रङ्गशालामा अलियान्जा र एफएएसबीचको फुटबल खेल हेर्न प्रवेश गर्न खोजेका समर्थकहरूको भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्‍याइएको छ।

प्रहरीले सार्वजनिक गरेको भिडियोमा रङ्गशाला बाहिर धेरै एम्बुलेन्स बिरामी बोक्न तयारी अवस्थामा रहेका तथा चिकित्सकहरू द्रुत सेवा प्रवाहका खातिर घाइतेहरू भएकातर्फ दौडिइरहेका देखिन्छन् ।

अलियान्जा र एफएएस एल साल्भाडोरका लोकप्रिय फुटबल टोली हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट