शनिबार अखिल नेपाल महिला सङ्घ अनेमसंघको दोस्रो पूर्ण बैठकमा उपमहासचिव रिमालले धरानका प्रमुख हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ को रूपमा चित्रण गरेका थिए ।
धरानका बौलाहा टाइपका मेयरको सामाजिक सञ्जालमा हजारौँ लाईक आएको तर केपी ओलीको सामाजिक सञ्जालमा लाइक कम आएको भन्दै उनले कार्यकर्तासमक्ष असन्तुष्टि पोखेका थिए ।
आफू लक्षित कुनै पनि प्रतिक्रियाको तुरुन्तै जवाफ फर्काउन खप्पिस मेयर राईले रिमाललाई लक्षित गर्दै एमालेको भुसुनोको रूपमा चित्रण गरे ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘बिष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद गर्दिन म ! मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोड्दिन्छु !’
आफू विरुद्ध हर्कको यस्तो जवाफ आएपछि रिमालले आफ्नो भनाइको आशयलाई गलत अर्थमा बुझिएको भन्दै आइतबार एक स्टाटस लेखेका छन्।
सो स्टाटसको सुरुवातमै उनले ‘ हो, अब हामी ‘बहुलाउनै’ पर्छ!’ भनेका छन्।
उनले बहुलाएरै २०७२ सालमा संविधान निर्माण गरेको, बहुलाएरै २०७४ सारको निर्वाचनपछि काम गरेको र बहुलाएरै काम गरेकाले चुच्चे नक्सा जारी गर्न सफल भएको कुरा आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्।
उनले हर्कलाई पनि आफूले सकारात्मक ढंगले बहुला भनेको फेसबुकमा लेखेका छन्।
‘अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन “बहुलाएर” लागेका छन् । सबैलाई ‘श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने … धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर!
म पनि काम गर्ने मामिला “बहुलाउने” मानिस हुँ ।
हो, मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भो !
फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरुको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु । म ति आलोचना स्वीकार्छु, धन्यवाद!’ उनले भनेका छन्।
यस्तो छ रिमालको फेसबुक स्टाटस-