यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ जस्तो मलाई पत्यार लाग्दैन : ओली -Sutra News

यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्छ जस्तो मलाई पत्यार लाग्दैन : ओली 

आइतबार, ७ जेष्ठ २०८०

आइतबार, ७ जेष्ठ २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार नियन्त्रण गर्नेमा आफूलाई पत्यार नलागेको बताएका छन् ।



प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले सरकारले भ्रष्टाचार, अनियमितता छानबिनमा इच्छा शक्ति नदेखाएको दाबी गरेका हुन् ।

‘सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता भनेको छ तर, बालुवाटारको ललिता निवास जग्गा, माता तीर्थको जग्गा, सर्दु जलाधार क्षेत्रको सट्टा भर्ना, धोबी खोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद् काण्ड, वाइड बडी काण्ड, क्यान्टोनमेन्ट प्रकरण लगायतका विषय, जो विवादित छन्, त्यसमा अनुसन्धान र मुद्दा दायर गर्ने काम यथाशीघ्र गरिने छ भनेर भन्न यो सरकारलाई कसले रोक्यो?,’ उनले प्रश्न गर्दै भने।

उनले सरकार भ्रष्टाचार र विकृतिमा द्विविधा देखाएर उम्किन खोजेको आरोप समेत लगाए । साझा इच्छाशक्ति बनाएर भ्रष्टाचारी एक दिन कठघरामा पुग्छ भन्ने स्थापित गर्नका लागि सबै पार्टी एक हुनुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट