बागमतीमा मन्त्रिपरिषद् विस्तार : को-को बने मन्त्री ?-Sutra News

बागमतीमा मन्त्रिपरिषद् विस्तार : को-को बने मन्त्री ?

आइतबार, ७ जेष्ठ २०८०

आइतबार, ७ जेष्ठ २०८०

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीका मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसबाट चार जना र नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।



कांग्रेसबाट रामकृष्ण चित्रकार बिनाविभागीय मन्त्री बन्दा पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री र मसिना खड्का भण्डारी वन तथा वातावरण मन्त्री बनेका छन् ।

यस्तै एकीकृत समाजवादीबाट लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउँदा राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् ।

उनीहरूको आइतबार नै शपथ गराउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट