जेलमा बस्दा पललाई किन मुस्ताङकै याद आयो?-Sutra News

जेलमा बस्दा पललाई किन मुस्ताङकै याद आयो?

आइतबार, ७ जेष्ठ २०८०

आइतबार, ७ जेष्ठ २०८०

एक वर्षको जेल जीवन बिताएपछि पल यति बेला आफ्नो दैनिक कार्यमा फर्किएका छन् ।



उनको २ वटा म्यूजिक भिडियो बाहिर आइसकेको छ, जसमा ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको फिमेल भर्जन पहिलो थियो।
त्यसैगरी ‘आँशु बनी नखस कैले नि’ उनको दोस्रो गीत हो ।

ऋषि खड्का र अनु चौधरीको आवाज, सँगै ऋसी खड्काकै शब्द र संगित रहेको उक्त गीतमा पलको साथमा सनिशा भट्टराईलाई देख्न सकिन्छ।

केन्द्र मोसनको यो सांगीतिक प्रस्तुतिलाई हिजो शनिबार प्रत्रकार भेला गरेर नै सार्वजनिक गरिएको थियो।

विश्वज्योति सिनेपेल्क्स्, जमल काठमान्डौमा भएको गीत रिलिजको कार्यक्रममा पलले आफ्नो जेल जीवन सुनाउँदा भावुक बने।

उनले जेलमा सबैभन्दा धेरै मुस्ताङलाई सम्झिएको बताए । साथै आफ्नै प्रस्तावमा उक्त गीतको सुटिङको लागि मुस्ताङ पुगेको समेत बताए ।
‘हामीले जेलमा हुँदा पर्खाल र आकाश मात्र देख्थ्यौँ । म जेलबाट कैले निस्कन्छु या निस्किन्छु निस्किन्न त थाहा थिएन तर जेलबाट निस्किनासाथ मुस्ताङ पुग्छु भन्दै सोच्थे’ , उनले भने।

‘जेलमा हुँदा हामि २ घण्टा योगा गर्थ्यौं । त्यसमा शवासन गराउँदा गुरुले आँखा चिम्लेर बाहिरको दुनियाँमा आफू लाई सम्झनुस् भन्नुहुन्थ्यो । त्यो बेला मेरो मन मुस्ताङमा हुन्थ्यो । मुस्ताङको हरियाली, ड्राइनेस, र खोला मात्र मलाई याद आँउथ्यो । मुस्ताङ पुगेर एक चोटि दिल खोलेर नाचौँ झैँ हुन्थ्यो । त्यसैले यो गीतको सुटिङको लाति मैले नै मुस्ताङ जान आग्रह गरे’ पलले जेल अनुभव सुनाउँदै भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट