काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक लगातार उकालो लागेको छ । बुधबारदेखि बढेको शेयर बजारले आज पनि निरन्तरता पाएको हो ।
आइतबार ६.८८ अंकले उकालो लागेर शेयर बजार १८८३.२० को विन्दुमा रोकिएको छ । आज २७३ कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर ३४ हजार ३३१ पटक किनबेच हुँदा एक अर्ब ६० लाखभन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारको हिसाबमा शिवम सिमेन्ट अघि रह्यो । शिवमको मात्र ६ करोड १७ लाखभन्दा बढीको कारोबार भएको छ । समग्रमा बढेको शेयर बजारमा राष्ट्रिय बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा आदर्श लघुवित्तका सेयर धनीले ६ प्रतिशतभन्दा बढी गुमाए ।