‘तथ्य प्रमाणसहित भन्दैछु, दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने कोसिस भइरहेको छ’-Sutra News

‘तथ्य प्रमाणसहित भन्दैछु, दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने कोसिस भइरहेको छ’

आइतबार, ७ जेष्ठ २०८०

आइतबार, ७ जेष्ठ २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काएर निर्दोषलाई फसाइएको दाबी गरेका छन् ।



सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै एमाले अध्यक्ष ओलीले भने,‘तथ्य प्रमाणसहित भन्दैछु, दोषीलाई उम्काउने प्रयास भइरहेको छ । निर्दोषलाई फसाउने कोसिस भइरहेको छ । यो बन्द गरियोस्, दोषीमाथि कारबाही दृढताका साथ अगाडि बढाओस् ।’

साथै, भुटानी शरणार्थी प्रकरणमा सरकारले बाघ मारेको जसरी हल्ला गर्न जरुरी नभएको ओलीले बताए । गत वर्ष जेठ १९/२० गते नै उजुरी परेको भए पनि गुपचुप राखेको पाइएको उनले बताए । ‘गिरफ्तार गरिरहेको रहेछ, सट्याकसुटुक छोडिएछ । लेनदेन मिलाउने, केस दबाउने कोसिस भएछ’ उनले भने, ‘म सरकारमा थिइनँ, सरकारमा हुनेहरूले त्यतिसम्म गर्नुभएछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट