नीति तथा कार्यक्रमबाट ‘संघीयता’ हटाउन चित्रबहादुर केसीको माग-Sutra News

नीति तथा कार्यक्रमबाट ‘संघीयता’ हटाउन चित्रबहादुर केसीको माग

आइतबार, ७ जेष्ठ २०८०

आइतबार, ७ जेष्ठ २०८०

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमबाट ‘सङ्घीयता’ शब्द हटाउन माग गरेका छन् ।



शुक्रबार संसद‍्मा पेस भएको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफलमा सहभागी हुँदै उनले उक्त नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेखित सङ्घीयता भन्ने शब्द हटाउनुपर्ने माग गरेका हुन् ।

सङ्घीयता देशले धान्नै नसक्ने हुँदा नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेख भएको ‘सङ्घीयता’ शब्द हटाउनुपर्ने उनले बताए । सुरुदेखि नै आफ्नो पार्टीले संघीयताको विपक्षमा रहेको भन्दै उनले  देशले धान्न नसक्ने हुँदा संघीय व्यवस्था नै खारेज गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट