काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय कमिटी सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई व्यंग्य गरेका छन् ।
आज प्रतिनिधिसभामा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा अहिलेको सरकारले केही नगरेको र एमाले सरकारको पालामा भएको कामलाई निरन्तरता नदिएको भन्दै सरकारको आलोचना गरेपछि दीपशिखाले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारले ल्याएको नीति कार्यक्रम हजुरलाई मन पर्ला कि भनेर ल्याएको होइन, जनतालाई सम्बोधन गरेर ल्याएको हो ।’
उनले एमालेका अध्यक्ष रचनात्मक सुझावमा लागि सहभागी नभई आफ्नो प्रचार गर्नमात्र आएको भन्दै एमाले सरकारको पालामा प्रचार गरिएको आयोजनाहरूको उल्लेख गर्दै दीपशिखाले खेलेका छन्,‘हजुरलाई मन पर्ने झापामा भ्यु टावर, घरघरमा ग्याँस पाइप, रेलको टिकट काट्नेको लाइन… नक्कली भुटानी शरणार्थी र रायमाझी’हरू हुन् । ती हजुरले आफ्नै पालामा गरिस्यो ।’
उनले ओलीको शारीरिक रोगमाथि समेत व्यंग्य गर्दै अगाडि लेख्छन्, ‘दुई घण्टा घोक्रो सुकाएर बिमार शरीरलाई किन दुख दिइस्या !’