टेलिभिजन शो ‘बालवीर रिटर्नस’ र ‘अवैध’ सिरिजकी अभिनेत्री श्वेता खण्डुरीले हालै सगरमाथा आधार शिविर पुगेकी छन् । उनले यो यात्रालाई आफ्नो जीवनको स्मरणीय यात्रा भनेकी छन् ।
‘सुरुमा यो असम्भव जस्तो लागेको थियो । एक सेकेन्डको निर्णयले सगरमाथा आधार शिविरमा जान चाहेको थिएँ । मेरी आमा आफ्नो युवा दिनमा जहिल्यै ट्रेकिङ गर्न चाहनुहुन्थ्यो, तर दुर्भाग्य उहाँले यसो गर्न सक्नुभएन । मैले सगरमाथा आधार शिविरसम्म ट्रेकिङ गर्न जान लागेको सुनाउँदा उहाँ खुसी हुनुभयो’, उनले भनेकी छन् ।
श्वेता र उनको टिमले २३ अप्रिलबाट यात्रा सुरु गरेका थिए । उनीहरूले काठमाडौंबाट रामेछापसम्मको हवाई यात्रा पछि ६ देखि ७ घण्टासम्म सडक यात्रा गरेका थिए ।
‘हामीले सगरमाथा आधार शिविरसम्म पुग्नका लागि ७ दिनसम्म ट्रेक गर्यौं । यात्रा निकै लोभलाग्दो थियो । उचाइका कारण मलाई श्वास लिन समस्या भए पनि गन्तव्यसम्म पुग्न म दृढ थिएँ ।’ उनले भनेकी छन् ।
प्रतिक्रिया दिनुहोस्