काठमाडौं । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुध्द एयरको जहाजको ट्रयापमा फेरि मुसा भेटिएको छ ।
बुध्द एयरका अनुसार जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो । जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो ।
आज दिउँसो प्रशिक्षक चालक र प्राविधिक टिमले सो जहाजलाई काठमाडौं ल्याएको र जहाजलाई थप निरीक्षण गरी आजैबाट पुनः व्यावसायिक उडान थालिने बुध्द एयरले सूचनामा उल्लेख गरेको छ । कम्पनीले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन पनि अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्