मुम्बई । अभिनेता सलमान खान सफल अभिनेता र निर्माता नभई एक सफल व्यवसायी पनि हुन् । पहिरन ब्रान्ड बिइङ ह्यूमनका अलावा उनी भौतिक संरचनामा लगानी गर्छन् । अब सलमान चाँडै नै मुम्बईमा एक बिलासी होटेल बनाउँदैछन् ।
उनले बान्द्रास्थित कार्ट रोडमा १९ तलाको होटेल बनाउने तयारी गरेका हुन् । उनको होटेलको भवन निर्माणका लागि बीएमसीले अनुमति दिइसकेको छ । उनले जुन स्थानमा होटेल बनाउने तयारी गरेका छन् । त्यहाँ यसअघि स्टारलेट नामको रेजिडेन्सियल सोसाइटी थियो । सलमानले यहाँ होटेल बनाउनुअघि सोसाइटीको क्षतिग्रस्त भवनलाई हटाउनेछन् ।
उनको होटेलमा तीन स्तरीय बेसमेन्ट हुनेछ । पहिलो र दोस्रो तलामा एक क्याफे र रेस्टुराँ रिजर्भका लागि बनाइनेछ । तेस्रो तलामा एक जिम र स्विमिङ पुल, चौथो तलामा सर्भिस फ्लोर, पाँचौँ र छैटौँ तलामा सभा हल हुनेछ ।
होटेलको कोठा सातौँ र १९ औं तलाको बीच तलामा हुनेछ । यो होटेल सलमानका अभिनेता आमीर खानको घर फ्रीडा वनबाट २०० मिटरको दूरीमा निर्माण हुँदैछ ।