वार्षिक १० अर्ब डलरको खेलौना र साइकल भारतबाट अमेरिका निर्यात-Sutra News

वार्षिक १० अर्ब डलरको खेलौना र साइकल भारतबाट अमेरिका निर्यात

आइतबार, ७ जेष्ठ २०८०

आइतबार, ७ जेष्ठ २०८०

अमेरिकी रिटेल कम्पनी वालमार्टले भारतीय आपूर्तिकर्तासँग खेलौना, जुत्ता र साइकल खरिद गर्ने सोच बनाएको छ । वार्लमार्ट कम्पनीले सन् २०२७ सम्म भारतबाट १० खर्ब अमेरिकी डलर बराबरको निर्यात गर्ने सोच बनाएको हो ।



कम्पनीका प्रवक्ताले समाचार एजेन्सी पिटिआईलाई बताएअनुसार औषधि, उपभोग्य वस्तु, स्वास्थ्य सामाग्री, लत्ताकपडाजस्ता श्रेणीमा पनि आपूर्तिकर्ता विकसित गर्ने खोजेको बताइएको छ। यसैलाई लिएर बेन्टनभिलस्थित केन्द्रीय कार्यालयका अधिकारीले हालसालै मात्र थुप्रै घरेलु कम्पनीसँग भर्चुअल मिटिङ गरेका छन्।

घरेलु खेलौना निर्माता कम्पनीसँग प्रत्यक्ष जोडिएका बेला कम्पनीले खेलौना निर्मातालाई उनीहरूको आवश्यकता र अपेक्षित गुणस्तरीयता मानकबारे जानकारी गराएको थियो।

यसले खेलौना उद्योगमा भारत सक्षम देखिएको छ। केही वर्ष पहिलेसम्म भारत खेलौनाको आयातकर्ता मात्रै थियो। तर पछिल्लो समय भातरले अनौठो प्रगति गरेको छ। यसबारे वाल मार्टका प्रवक्ताले भनेका छन्, ‘वाल मार्टको वृद्धि हुनुमा घरेलु आपूर्तिकर्तासँग काम गर्नु, लत्ताकपडा सँगसँगै खाद्यान्न, औषधि, उपभोग्य वस्तु, स्वास्थ्यजस्ता नयाँ आपूर्तिकर्ता विकसित गर्नुका साथै सहयोग गर्नु हो। हामी पनि एक हौँ। खेलौना, जुत्ता र साइकलमा अवसर खोजिरहेका छौँ।’

डिसेम्बर २०२० मा वार्लमार्टले सन् २०२७ सम्म प्रत्येक वर्ष भारतबाट आफ्नो सामान निर्यातलाई ३ गुणा बढाएर १० अर्ब अमेरिकी डलर पुर्‍याउने प्रतिबद्धता गरेको थिए। त्यसले भारतका सूक्ष्म, लघु तथा मध्यम उद्योग-उद्यमीलाई महत्त्वपूर्ण लाभ मिल्यो।

यस महिनाको सुरुवातमा वालमार्ट इंकका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत डग म्याकलिनले आफ्नो भारत भ्रमणका क्रममा आफ्नो प्रतिबद्धता पुष्टि गर्दै भारतका आपूर्तिकर्ताको अनौठो इकोसिस्टमले वार्लमार्ट कम्पनीलाई सन् २०२७ सम्म प्रतिवर्ष भारतबाट १० अर्ब अमेरिकी डलर बराबरको सामान आयात गर्ने आफ्नो लक्ष्य प्राप्त गर्न सहयोग गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट