अमेरिकाले युक्रेनलाई ३७५ मिलियन डलर सहयोग गर्ने-Sutra News

अमेरिकाले युक्रेनलाई ३७५ मिलियन डलर सहयोग गर्ने

आइतबार, ७ जेष्ठ २०८०

आइतबार, ७ जेष्ठ २०८०

काठमाडौं । अमेरिकाले युक्रेनलाई थप सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि ३७५ मिलियन डलरसम्मको सैन्य सहायताको घोषणा गरेका हुन् ।



राष्ट्रपति बाइडेनले जापानमा सञ्चालन भइरहेको जी-७ समिटका क्रममा युक्रेनका लागि ३७५ मिलियन डलरसम्मको सैन्य सहायताको नयाँ प्याकेज घोषणा गरेका हुन् ।

उनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई समिटको साइडलाइन बैठकको दौरान अमेरिकाले रूसी आक्रमणविरुद्ध युक्रेनको रक्षामा सक्दो प्रयास गरिरहेको धारणा राखेका थिए । अमेरिकाले युक्रेनलाई दिने सैन्य सहायताको प्याकेजमा गोलाबारुद, तोपखाना, बख्तरबंद सवारी साधन र तालिम समावेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट