समीक्षाले आफ्नो बयान फेरे सँगै अभिनेता पल शाह यतिबेला जेल बाहिर निस्किएर काममा व्यस्त भइरहेका छन्। समिक्षाले होस्टायल भएकै कारण उनी कैदमुक्त हुनसकेका हुन्।
एपी वान टेलिभिजनमा अन्तरवार्ता दिदैं पल शाहविरूद्ध दिएको मुद्दामा माया लागेर अन्तिम समयमा ‘होस्टायल’ भएर बयान फेरेको बताएकी थिइन् साथै मुद्दापनि आफ्नो ज्यानको सुरक्षाको लागि हालेको बताएकी थिईन ।
उनले पलको नाम त लिइनन् तर पलका नजिकका मान्छेले आफूलाई मारिदिने र गायब पारिदिनेसम्मका धम्की दिएपछि उनले पल विरुद्द मुद्दा हालेको बताएकी थिन् ।
साथै समिक्षाले खुलेर नभने पनि उनका हरेक स्टाटस्मा पोखिएका दुःख पलकै कारणले पाएको कुरा पनि बुझ्न सकिन्छ ।
यहि कुरालाई मध्य नजर गर्दै पल शाहकै जेलबाट निस्किए पछिको दोस्रो गीत रिलिजको कार्यक्रममा एक पत्रकारले पललाई ‘तपाईँ कसैको आँसु बनेर खस्नु भएको छ, या तपाईँले कसैको आँसु खसाल्नु भएको छ-छैन भनेर प्रश्न गरेकी थिइन्।
जसको जवाफमा पलले सजिलै त्यो थाहा भएन, भनेका थिए साथै आँशु नबनेकै राम्रो सकभर भनेका थिए।
यसरी सारा दुनियाँलाई थाहा भएको कुरा पलले भने सजिलै थाहा भएन भनेर टारीदिए ।