‘भारतबाट दूध आयात गरेर नेपाली किसानलाई मार्ने खेल भयो’-Sutra News

‘भारतबाट दूध आयात गरेर नेपाली किसानलाई मार्ने खेल भयो’

सोमबार, ८ जेष्ठ २०८०

सोमबार, ८ जेष्ठ २०८०

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले भारतबाट दूध आयात गर्ने चलखेल भएको टिप्पणी गरेकी छन् । देशमै उत्पादन भएको ८५ प्रतिशत दूध बिक्री नभएको अवस्थामा उल्टै भारतबाट दूध आयात गर्नु ठिक नभएको बताइन् ।



‘सहरी क्षेत्रमा दूधको अभाव भयो भनेर एक लाख ५० हजार लिटर बढी दूध भारतबाट आयात गर्ने चलखेल भयो । भारतबाट दूध आयात गरी किसानलाई मार्ने खेल भइरहेको छ’ डाँगीले भनिन्, ‘देशमा उत्पादन भएको ८५ प्रतिशत दूधले बजार पाउन सकेको छैन । किसानलाई निरुत्साहित हुने यस्ता खेल बन्द हुनुपर्छ ।’

किसानको गोठमा गाई भैँसी भए पनि सहरी क्षेत्रमा दूधको अभाव भयो भनेर भारतबाट दूध ल्याउन लागिएको डाँगीले बताइन् । किसान मार्ने खेल नगर्न राज्यसँग उनले आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट