५ दिनयता शेयर लगातार उकालो यात्रामा-Sutra News

५ दिनयता शेयर लगातार उकालो यात्रामा

सोमबार, ८ जेष्ठ २०८०

सोमबार, ८ जेष्ठ २०८०
nepse

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ८ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.१० अङ्कले उकालो लागेर १८९१.३१ मा पुगेको छ ।



कूल ३४ लाख ९५ हजार ७५२ कित्ता शेयर एक अर्ब २७ करोड ८७ लाख ४ हजार ७२६ रुपैयाँ खरिद बिक्री भएका छन् । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा छ । सो कम्पनीको ७ करोड ३४ लाख ९८ हजार ४९४ रुपैयाँ बराबरको शेयर कारोबार भयो । यस्तै सोल्टी होटेलको ६ करोड १७ लाख ६८ हजार ९२३ बराबरको कारोबार भई शीर्ष २ भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आज आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यसैगरी ग्रिनलाइफ हाइड्रोपावर ७.३७ र नयाँ सारथी लघुवित्त ३.६७ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट