विद्यालयमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु-Sutra News

विद्यालयमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु

सोमबार, ८ जेष्ठ २०८०

सोमबार, ८ जेष्ठ २०८०

गयानाको एक विद्यालयमा आइतबार भएको आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।



“यो ठूलो विपत्ति हो । यो भयानक छ, यो दर्दनाक छ,” दक्षिण अमेरिकी राष्ट्र गयनाका राष्ट्रपति इरफान अलीले स्थानीय समय अनुसार आइतबार राति आगलागी भएको बताए ।

मध्य गयानास्थित महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ भने कैयौँ घाइते भएका छन् ।

अलीले आगलागीबाट घाइते भएका सबै बालबालिकाको उपचार भइरहेको बताए । उनले राजधानी जर्जटाउनका दुई प्रमुख अस्पतालमा हरेक बालबालिकालाई ध्यान दिन आवश्यक सम्भावित सबै व्यवस्था गर्न आदेश दिएको बताए ।

जर्जटाउनबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको महदिया क्षेत्रमा भारी वर्षाका कारण स्थल मार्ग विच्छेद भएकोले निजी र सैन्य विमान उद्धारका लागि पठाइएको उनले बताए ।

विपक्षी सांसद नताशा सिंह लुईसले आगलागीको कारणबारे छानबिन गर्न माग गरे । उनले भने, “हामीले यो सबैभन्दा भयानक र घातक घटना कसरी भयो भनेर बुझ्न आवश्यक छ र यस्तो त्रासदी फेरि हुन नदिन आवश्यक सबै उपायहरू चाल्नु आवश्यक छ ।”

करिब आठ लाख जनसङ्ख्या भएको तीव्र विकासलाई पछ्याउने आशा गरेको सानो अङ्ग्रेजी भाषी देश गयाना विश्वको सबैभन्दा ठूलो प्रतिव्यक्ति तेल भण्डार भएको पूर्व डच र बेलायती उपनिवेश हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट