काठमाडौं । नेपालले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल, काठमाडौंमा सोमबार भएको खेलमा किर्गिस्तानलाई हराउँदै नेपालले सुखद सुरुवात गरेको हो ।
नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । नेपालले किर्गिस्तानलाई २५-११,२५-१९ र २५-११ ले हराएको हो । जीतसँगै समूह ‘ए’ को नेपालले ३ अंक जोडेको छ ।
प्रतियोगितामा नेपाल, बङ्गलादेश, मालदिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।