काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता सम्पन्न भएको छ । लक्ष्मी र सनराइज बैंक सेयर स्वाप रेसियो १:१ को अनुपातमा मर्ज हुने गरी हस्ताक्षर भएको छ ।
मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछन् । दुवै बैंकका सञ्चालकबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
मर्जरपश्चात् लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह प्रमुख कार्यकारी अधिकृत रहनेछन् । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्ने सहमति भएको छ ।
लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।