बाजुरा केन्द्रबिन्दु भएर भूकम्प-Sutra News

बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

सोमबार, ८ जेष्ठ २०८०

सोमबार, ८ जेष्ठ २०८०

बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ५४ मिनेट जाँदा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।



यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रबिन्दु भएर जेठ ७ गते बिहान ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट