युक्रेनद्वारा रुसको दाबी अस्वीकार-Sutra News

युक्रेनद्वारा रुसको दाबी अस्वीकार

सोमबार, ८ जेष्ठ २०८०

सोमबार, ८ जेष्ठ २०८०

मस्कोले रुसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको बताएपछि युक्रेनले सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ ।



“युक्रेनले रुसको बेल्गोरोड क्षेत्रका घटनाहरूलाई चासोका साथ हेरिरहेको र विकसित अवस्थाको अध्ययन गरिरहेको ।,” युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले बताएका छन् ।

युक्रेनले यसअघि रुसको भूभागमा भएको कयौं तोडफोड आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो । रुसले यसअघि युक्रेनबाट बेल्गोरोड क्षेत्रमा तोडफोड गर्ने समूह प्रवेश गरेको र रुसी सेना र एजेन्टहरूले उनीहरूलाई ” निस्तेज” पार्ने प्रयास गरिरहेको बताएको थियो ।

यता पोडोल्याकले भने त्यस्ता गतिविधिमा रुसी “गुरिल्ला समूहहरू” जिम्मेवार हुन सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट