कोशी प्रदेशको बजेट अधिवेशन जेठ १४ गते-Sutra News

कोशी प्रदेशको बजेट अधिवेशन जेठ १४ गते

सोमबार, ८ जेष्ठ २०८०

सोमबार, ८ जेष्ठ २०८०

कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकले दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गतेका लागि आह्वान गर्ने निर्णय गरेको छ ।



प्रदेश प्रमुख परशुराम खापुङलाई बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय सोमबार नै जानकारीका लागि पठाइसकेको कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले बताए ।

प्रदेश प्रमुख खापुङले प्रदेश अधिवेशन आह्वान गरेको जानकारी कोशी प्रदेशको प्रदेश सभालाई जानकारी गराएपछि प्रदेश अधिवेशन सुरु हुनेछ ।

अधिवेशनले पूर्वबजेट छलफल प्रारम्भ भई सरकारको नीति तथा कार्यक्रम पेस हुनेछ । त्यस्तै बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट सरकारले पेस गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट