काठमाडौँ- मन्त्रिपरिषद्को बैठक बस्दै छ। मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
आज बस्ने मन्त्रिपरिषद् बैठक नियमित बैठक भएको प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।
हरेक मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने गरिएको छ। यसअघि हप्ताको दुई दिन (सोमबार र बिहीबार) बस्दै आएको एक महिनाअघिदेखि एक दिन (मंगलबार) मात्रै बस्ने गरिएको छ।