नेकपा एमालेका सांसद गोकुल प्रसाद बाँस्कोटाले यस वर्ष किसानले मलको लाइन बस्न नपर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
‘लाइन लागेर भोट हाल्दै गर्दा जनताले सोध्या थे- मलमा लाइन लाग्नुपर्छ कि पर्दैन? म सोध्न चाहन्छु सभामुखज्यू सरकारलाई । सत्यनारायणको प्रसादीजस्तो १५ केजी, ५ केजी गरेर मल बाँडेर सरकार नहिँडोस्, यही देख्न चाहन्छु धन्यवाद।’
योसँगै बाँस्कोटाले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप-प्रत्यारोपमा नउत्रन आग्रह गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले सत्तापक्षले यसलाई गहनतापूर्वक लिनुपर्नेमा आरोप-प्रत्यारोप र विपक्षीलाई तेजोबध गर्न उत्रिएकामा चिन्ता व्यक्त गरे ।
सांसद बाँस्कोटाले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन हालसम्मका सरकारले के-के गरे ? के एमाले बाधक हो ? भन्दै प्रश्नसमेत गरे।