शेयर बजारमापक परिसूचक आज पनि बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ५१.३१ अंकले बढेको हो ।
मंगलबार नेप्से १९४२.६३ बिन्दुमा पुगेको दिन विभिन्न कम्पनीका ६० लाख ६७ हजार ४३२ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँको कारोबार भएको छ ।
कारोबारका आधारमा आज कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ ।
त्यस्तै, उपसमूतर्फ भने १३ वटै समूहको शेयर मूल्य बढेको छ । मंगलबार बजार पूँजीकरण २८ खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ ।