स्थानीय जनप्रतिनिधि नै मिटरब्याजी-Sutra News

स्थानीय जनप्रतिनिधि नै मिटरब्याजी

मंगलबार, ९ जेष्ठ २०८०

मंगलबार, ९ जेष्ठ २०८०

सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २४९ जनाले उजुरी दर्ता गराएका छन् । सरकारले मिटर ब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै २४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । वैशाख १७ गते उजुरी आह्वान गरिएकामा जेठ ८ गतेसम्ममा २४९ मिटरब्याजी पीडितले उजुरी दिएका उनको भनाइ थियो ।



प्रशासनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणविरुद्ध सम्भव भएसम्म आ–आफ्ना बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएकामा समय सीमाभित्र २४९ जनाको उजुरी दर्ता भएको आएको प्रजिअ पाण्डेले जानकारी दिइन्

सूचना जारी भएपछि मिटर ब्याजको धन्दा सञ्चालन गर्ने गिरोह, व्यक्ति र संस्थाबाट पीडित भएको भन्दै सर्वसाधारणबाट २४९ विरुद्ध उजुरी परेकामा दुई जना प्रतिनिधि पनि रहेका छन् । इनरुवा ६ का वडाध्यक्ष सुमन थापा र कोसी–१ का वडाध्यक्ष सोभित नारायण यादवविरुद्व उजुरी आएको प्रजिअ पाण्डेले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट