काठमाडौँ- नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनीयताको शपथ खाएका छन्।
आज बिहान राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा उनीहरूले शपथ खाएका हुन्।
मन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ खुवाएका हुन्।
प्रधानमन्त्रीको सिफारिसमा मंगलबार राष्ट्रपतिले जनता समाजवादी पार्टीका नेताहरू महतो र कुमारीलाई क्रमशः मन्त्री र राज्यमन्त्रीमा नियुक्ति दिएका थिए।