‘प्रधानमन्त्रीको फिल्म यति काँटछाट भयो कि रास्वपाले हेर्न नसक्ने भयो’-Sutra News

‘प्रधानमन्त्रीको फिल्म यति काँटछाट भयो कि रास्वपाले हेर्न नसक्ने भयो’

बुधबार, १० जेष्ठ २०८०

बुधबार, १० जेष्ठ २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीले देखाउँछु भनेको फिल्म हेर्न प्रतिक्षारत रहे पनि फिल्म हेर्नै नमिल्नेगरी काँटछाट भएको बताएका छन् ।



नक्कली भुटानी शरणार्थी प्रकरणमा केही व्यक्तिहरु पक्राउ पर्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘यो त ट्रेलर मात्र हो, फिल्म आउन बाँकी छ’ भनेका थिए । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद खनालले प्रधानमन्त्रीले देखाउँछु भनेको फिल्मको प्रतिक्षामा बसेका आफूजस्तालाई फिल्ममा गरिएको काँटछाटले निराश बनाएको बताए ।

‘प्रधानमन्त्रीले देखाउँछु भनेको फिल्म हेर्न प्रतिक्षा गरेका बसेका थियौँ । तर, फिल्म यति काँटछाट भयो कि अब रास्वपा त्यो फिल्म हेर्न सक्दैन,’ खनालले भने, ‘अब यसको विषयमा संसदीय छानबिन गर्नु अवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट