प्रोफाइलका आधारमा नभई फाइलका आधारमा अनुसन्धान गर्नू : लामिछाने-Sutra News

प्रोफाइलका आधारमा नभई फाइलका आधारमा अनुसन्धान गर्नू : लामिछाने

बुधबार, १० जेष्ठ २०८०

बुधबार, १० जेष्ठ २०८०

सांसद तथा रास्वपाका सभापति रवि लामिछानले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसलाई अनुसन्धानमा ल्याउने कसलाई ल्याउने भन्दै शीर्षनेताहरूको कोठे भेटघाटमा निर्धारण गरिएको आशय व्यक्त गर्दै प्रोफाइल नहेर्न आग्रह गरेका छन् ।



सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै बयान र मिडियामा नाम आएका विभिन्न मानिसको बयानसमेत नलिइएको हुँदा अविश्वासको वातावरण सिर्जना भएको बताएका हुन् ।

उनले अपारधिक कार्यमा संलग्नको प्रोफाइल नभई घटनाको फाइल हेरेर अनुसन्धान गर्नसमेत आग्रह गरेका छन् । उनले भने, ‘अपराध अनुसन्धानमा प्रोफाइल हुँदैन, फाइल हुन्छ । काले काले मिलेर खाऊँ भाले भएको हो कि ! यसो हो भने जनताले सहेर बस्दैन।’

साथै नेपालमा उनले न्यायालय र नेपाली सेनामा भएका भ्रष्टाचारबारे मानिसहरू बोल्नै डराएकोसमेत बताएका छन् । साथै संसदमा गम्भीर विषयमा छलफल गर्नुपर्नेमा छेडखानी भएको भन्दै यस्ता गफ तथा आरोपका लागि चिया पसलमा जानू भन्दै नेताहरूलाई व्यंग्यसमेत गरेका छन् ।

“यो ३० वर्षको मूल्याङ्कन गर्न संसद्मा उभिएर तपाइहरूले एक अर्कालाई छेडखानी गर्नुपर्दैन । एक अर्काको घरमा गएर चिया खाएर कुराकानी गर्नुहोस् । यो महत्त्वपूर्ण संसद्लाई त्यसको दुरुपयोग नगर्नुहोस्,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट