काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्मचारीहरूको ट्रेड युनियन बन्द गर्न माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले ट्रेड युनियनका कारण काम हुन नसकेको भन्दै खारेज गर्नुपर्ने बताएका हुन् ।
साथै कृषि क्षेत्रको बिचौलिया बन्द गरेर कृषि क्षेत्रको उत्थान गर्नुपर्नेमा उनले जोड दिए । पशुपतिनाथ र लुम्बिनीलाई धार्मिक रूपमा मात्र नहेरेर पर्यटनको रूपमा हेर्ने हो भने विश्वभरका करोडौँ हिन्दु र बौद्ध धर्मावलम्बीहरू नेपाल आउने भन्दै त्यस अनुसार सरकारले काम गर्नुपर्ने बताए ।