आत्मघाती आक्रमणमा तीन सुरक्षाकर्मी मारिए-Sutra News

आत्मघाती आक्रमणमा तीन सुरक्षाकर्मी मारिए

बुधबार, १० जेष्ठ २०८०

बुधबार, १० जेष्ठ २०८०

उत्तरपश्चिम पाकिस्तानको सुरक्षा जाँच चौकीमा भएको आत्मघाती आक्रमणमा परी तीनजना सुरक्षाकर्मीसहित चार जनाको मृत्यु भएको छ ।



उत्तरी वजिरिस्तान जिल्लाको मीरअलिमा रहेको सुरक्षा जाँच चौकीमा एकजना आत्मघाती आक्रमणकारीले आफूलाई विष्फोट गराउँदा तीनजना सुरक्षाकर्मी र एक जना सर्वसाधारणले ज्यान गुमाएका वजिरिस्तानका डेपुटी कमिश्नर रेहान गुल खट्टाले बताएका छन् ।

नियमित सुरक्षा जाँच भइरहेका बेला आत्मघाती आक्रमणकारीले आफूसँग रहेको बम विष्फोट गराएको थियो । आक्रमणमा अन्य दुई जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट